यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ७ जना पक्राउ

ललितपुर महानगरपालिका ३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय सञ्चालन गर्दै आएको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ ।

Advertisement 1

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका २८ ढल्कु बस्ने झापा दमक नगरपालिका ७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका ६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका ८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानीलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट, ललिपतुर ललितपुर महानगरपालिका ८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका ३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका(३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका ७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित :२०७८ भाद्र ३, बिहीबार १७:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry