मतदाता कुटेर वडाध्यक्ष फरार

गत शनिबार राती स्थानीय व्यवसायी लक्ष्मण खिचाजुलाई कुटपिट गरेर चाँगुनारायण नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष जयन्द्र खड्कासहित ३ जना फरार भएका छन् ।

Advertisement 1

वडाध्यक्षले पटक–पटक गरी अरूलाई पनि कुटपिट गर्दै आएको स्थानीयले बताएका छन् । केही समयअघि छालिङस्थित दोभान खानेपानीको बोरिङमा काम गर्न आएका मजदुरलाई पनि वडाध्यक्ष खड्का र प्रकाश लामिछानेले कुटपिट गरेका थिए । त्यस्तै, जग्गाको विवादमा पनि हरिकृष्ण लागेजुलाई कुटपिट गरेका थिए । बाटो सम्बन्धमा विवाद हुँदा गैंडाटोलका प्रवीन गैडालाई पनि कुटपिट गरेका थिए ।

परिवारका अनुसार वडाध्यक्षसहित नगरपालिकाको वडा नम्बर बागेश्वरीका प्रकाश लामिछाने र पूर्वसैनिक जवान विश्व खड्का कुटपिटमा संलग्न रहेका थिए ।
कुटपिटपछि बेहोस भएका खिचाजुलाई भक्तपुर इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको छ । कुटपिटका कारण बिरामीको घाँटीमा समस्या हुनुका साथै खाना खान र पानी निल्नसमेत गाह्रो भएको घाइते परिवारले जानकारी दिएको छ ।पीडित परिवारले आइतबार वडाध्यक्षसहित ३ जनाविरुद्ध महानगरीय प्रहरी परिसर भक्तपुरमा जाहेरी दर्ता गराएको छ । जाहेरीमा वडाध्यक्षलगायत कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरिएको छ ।

Advertisement 2

शनिबार घटनालगत्तै भक्तपुर अस्पताल लगिएका घाइते खिचाजूको अहिले मध्यपुर थिमि नपा( ३ कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।प्रहरी उपरीक्षक थापाले शनिबार गाडी पार्किङको विषयमा वडाध्यक्ष र घाइते खिचाजूबीच विवाद भएको जानकारी दिए। विवादकै वीच वडा अध्यक्ष खड्का र विश्वले लक्ष्मणमाथि मरनासन्न हुने गरी कुटपिट गरेको जाहेरीमा उल्लेख गरिएको छ।

घटना विवरणअनुसार वडा अध्यक्ष खड्का शनिबार दुई साथीसहित खिचाजूको घर अगाडि रहेको एक पसलमा खाजा खान पुगेका थिए। उनले आफ्नो गाडी खिचाजूको पसल अगाडि पार्किङ गरे। पसल अगाडि अर्को गाडी पार्किङ भएको पाएपछि लक्ष्मणले त्यसैको सामुन्ने आफ्नो गाडी पार्क गरे।खाजा खाएर फर्केका वडा अध्यक्ष खड्काले आफ्नो गाडी निकाल्न अर्को गाडी निकाल्न भन्दै आफ्नो रवाफ देखाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्। उनका अनुसार लक्ष्मणले आफ्नै घर अगाडि पार्क गरेको गाडी हटाउन नपर्ने बताउँदै गर्दा एक्कासी वडा अध्यक्ष खड्काले उनीमाथि आक्रमण गरेका थिए।

Advertisement 3

घाइते लक्ष्मणका दाजु रामले गाडी नहटाएको निहुँमै वडा अध्यक्ष खड्का र उनीसँगै आएका विश्वले लक्ष्मणमाथि एक्कासी कुटिपट गरेको बताए। विश्व पूर्व सैनिक रहेको उनले जानकारी दिए। उनले भाइमाथि सांघातिक हमला गर्ने वडा अध्यक्षसहित सबैलाई कानुनी कारबाही गरेर क्षतिपूर्ति भराउन माग गरेका छन्।भक्तपुर प्रहरीका अनुसार वडा अध्यक्ष खड्का यसअघि पनि एक स्थानीयलाई कुटपिट गरेको मुद्दामा प्रहरी परिसर उपस्थित भएका थिए। त्यसबेला मिलापत्र गरेर वडा अध्यक्ष खड्कालाई छोडिएको भक्तपुर प्रहरीले जनाएको छ।

प्रकाशित :२०७७ चैत्र १७, मंगलवार १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry