यी हुन् काठ तस्कर भगाउने एसपी, निलम्बनको तयारी

जिल्ला प्रहरी कार्यालय बाँकेका तत्कालिन एसपी ओमबहादुर रानाले आर्थिक चलखेलका आधारमा काठ तस्करलाई पक्राउ गरेर छाडेको खुलेको छ ।

Advertisement 1

प्रदेश प्रहरी कार्यालय लुम्बिनीले गठन गरेको छानबिन समितिले यसमा एसपी रानाकै मिलेमतो रहेको औंल्याउँदै प्रदेश कार्यालयका एसपी राजेन्द्रसिंह खड्का नेतृत्वको छानबिन समितिले प्रहरी प्रधान कार्यालयलाई गत मंगलबार प्रतिवेदन बुझाएका छ ।
गत बैशाखमा जिल्ला प्रहरी कार्यालयको घुमुवा प्रहरी टोलीले डुडुवा– ६ हिलमिनियाबाट सालको काठसहित निसार खाँलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि उनी हत्कडीसहित भागेको भनेर माथिल्लो निकायलाई खबर गरिएको थियो । तर, प्रहरीले बरामद गरेको उनको मोटरसायकल तथा मोबाइल पनि फिर्ता भएपछि घटना शंकास्पद बनेको थियो ।

एसपी राना यसअघि पनि पटक–पटक कारबाहीमा परेका अधिकृत हुन् । रसुवामा जिल्ला प्रमुखका रुपमा काम गर्दा रक्तचन्दन तस्करीमा मिलेमतो देखिएपछि उनमाथि विभागीय कारबाही भएको थियो । सोही घटनामा सेनाका कर्णेल बर्खास्त हुँदा उनलाई भने राजनीतिक पहुँचको आधारमा सामान्य कारबाही गरेर जोगाइएको प्रहरी अधिकारीहरु बताउँछन् । विवादास्पद पृष्ठभुमी भएपनि दबाबकै भरमा कास्की, बाँके जस्ता जिल्लाको इन्चार्ज दिइएको थियो । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरालाई आर्थिक प्रभावमा पारेर उनले यसरी महत्वपूर्ण जिल्लाको इन्चार्ज पाएका हुन् । बाँकेमा उनले एक करोड भन्दा धेरै कमाएको प्रहरी स्रोत बताउँछ । अहिले पनि कारबाहीबाट जोगिन उनले राजनीतिक नेतृत्वबाट दबाब दिन थालिसकेको स्रोत बताउँछ ।

Advertisement 2

काठ तस्कर खाँलाई किन बचाउन चाहन्थे एसपी ओम राना

आफ्नो कार्यालय मातहतको मोबाईल गाडीमा राखेका प्रहरीले आफैलाई १ लाख ५० हजार रकम बुझाएको काठ तस्कर खाँलाई प्रहरीले नियन्त्रणमा लिएपछि एसपी रानालाई समस्या प¥यो । (किनकी एसपीकै सेटिङ्गमा) सबै काठ तस्कर भईरहेको थियो । टोलीले उनीलाई मुचुल्का गरेर कार्यालय ल्याएपछि आवश्यक कारबाहीका लागि वन कार्यालय पठाउनुपर्ने बाध्यता थियो ।

Advertisement 3

तस्कर लाइनको लागि ठूलो रकम बुझाएका खाँले कारबाही परेको अवस्थामा एसपी रानाले सबै पोल खोलिदिन सक्थे । त्यही कुरा बुझेका एसपी रानाले आफु निकटका घुमुवा महरको नेतृत्वमा तस्करलाई छुटाउँने जिम्मा दिएर खटाएका थिए ।

एसपी रानाको निर्देशन पाएका महराले खाँ छुटाउनको लागि मोबाइल गाडीमा राखेका प्रहरी असईलाई तल्लो स्तरको गाली गर्दै विवादमा उत्रिएका थिए ।

प्रकाशित :२०७८ भाद्र २, बुधबार २१:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry