कहिले सेवाग्राहीलाई कार्यालयमै थुने कहिले पत्रकार लोपर्ने मेयर चौधरी
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले बुधबार कार्यालयमै एक जना सेवाग्राहीलाई थुनेका छन् ।
Advertisement 1
मेयर चौधरीले कार्यालयमै इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् । सातदिनभित्र घर भत्काउने कि थुनिदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भत्काउने भनेर मेयरलाई प्रश्न गरेको हुँ’ पीडित ढकालले भने,‘घर नभत्काउने भनेपछि नगर प्रहरीद्वारा अमानवीय व्यवहार देखाएर दुई घण्टासम्म थुनिएको छ ।’
मेयर चौधरीले तत्काल थुन्न भन्दै नगर प्रहरीलाई निर्देशन दिएका थिए । दिउँसो ३ बजेदेखि उनलाई दुई घण्टासम्म नगरको एक कक्षमा थुनिएको थियो ।
Advertisement 2
प्रकाशित :२०७८ श्रावण २८, बिहीबार १३:३८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%