यी हुन् कर्मचारीलाई घाँटी काटेर ज्यान मार्ने धम्की दिने गाउापालिकाका अध्यक्ष

तेह्रथुमको एक गाउापालिकाका अध्यक्षले लेखापाललाई घाँटी काटेर ज्यान मार्ने धम्की दिएका छन् । आठराई गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले लेखापाल सुजन थापालाई घाँटी काटेर ज्यान मार्ने धम्की दिए पछि सो घटनाप्रति नेपाल निजामती कर्मचारी युनियनले आपत्ति जनाएको छ ।

Advertisement 1

खर्च नै नगरी फर्जी बिलभर्पाइ तयार गरिएको अनियमित भुक्तानी गर्न इन्कार गर्दा लेखापाल थापालाई ज्यान मार्ने धम्की दिएको युनियनले जनाएको छ ।

अध्यक्ष लिम्बुले मादक पदार्थ सेवन गरी गाउँपालिकामा कार्यरत प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक कृष्ण चम्लागाईं र गाउँपालिका शिक्षा शाखा सल्लाहकार नन्द कुमार दर्नालसहित सात जना समर्थकलाई साथमा लिएर ‘म अध्यक्ष मात्र होइन, गुन्डा पनि हुँ’ भन्दै घाँटी काट्ने धम्की दिएको युनियनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीमा दिएको उजुरी दुवै पक्षले फिर्ता लिने

Advertisement 2

सहमतिसँगै दुवै पक्षले ईलाका प्रहरी कार्यालयमा दिएको उजुरीसमेत फिर्ता गर्ने सहमती भएको छ । गाउँपालिकाबाट आर्थिक वर्ष २०७७/७८ को बाँकी रहेको योजनाहरुको भुक्तानीको विषयमा अध्यक्ष लिम्बू र लेखापाल थापाबीच भनाभन चुलिएपछि मुक्का हानहान सम्मको स्थिती आएको थियो ।

मुक्का हानाहान भएपछि अध्यक्ष र लेखापालले आफुलाई कुटपिट भएको भन्दै ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारमा छुट्टाछुट्टै निवेदन दिनुभएको थियो ।

प्रकाशित :२०७८ श्रावण २६, मंगलवार ०८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry