६ सचिवको सरुवा,२ को पदस्थापन  (को कता पुगे ?) 

सरकारले ६ जना सचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले ६ जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ भने दुई सचिवलाई पदस्थापन गरेको छ । सरुवा भएका सचिवमा महेश्वर न्यौपाने,टेकनारायण पाण्डे,बेगेन्द्र शर्मा पौड्याल र बैकुण्ठ अर्याल,सुमन अर्याल र गणेश पाण्डे छन् ।
१९ महिनासम्म गृहमा रहेका महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहँ टेकनारायण पाण्डेलाई लगिएको छ । पाण्डे भूमिसुधार मन्त्रालयमा थिए । कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको जोडबलमा उनलाई गृहमा लगिएको हो । उनी गृहका क्याडर होइन । यस्तै सचिव भएको ५४ महिनासम्म कुनै मन्त्रालयको जिम्मेवारी नपाएका बेगेन्द्र शर्माले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् । ६ महिनापछि ५८ बर्षे उमेर हद लागेर घर जाँदैछन् ।

Advertisement 1

यस्तै क्याविनेटले प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ । त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा ल्याउने निर्णय गरेको छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव बैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइएको छ । हालै सचिवमा बढुवा भएका किरणराज शर्मा बाग्मती प्रदेशको प्रमुख सचिवका रुपमा पदस्थापन भएका छन् भने कृष्णहरि पुष्करलाई लुम्बिनी प्रदेशमा खटाइएको छ ।

यस्तै क्याबिनेटले कृषि सेवाबाट गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ । यस्तै आजको क्याविनेटले परराष्ट्र सेवाका तीन उपसचिवलाई सहसचिवमा बढुवा गर्न निर्णय गरेको छ । घनश्याम लम्साल, सूर्य भट्टराई र तेजबहादुर क्षेत्रीलाई सह सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । यस्तै, ओलीले अध्यादेशमार्फत ल्याएर बढाइएको कर्मचारीको तलबमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सररकारले स्वीकृत गर्न निर्णय गरेको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित :२०७८ श्रावण २५, सोमबार १८:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry