एआइजी डा.आशा सिंहसहित यी १५ बरिष्ठ चिकित्सक महिला राष्ट्रपतिबाट सम्मानीत
चिकित्सा क्षेत्रमा अतुलनीय योगदान पुर्याएका १५ वरिष्ठ महिला चिकित्सक राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट सम्मानीत भएका छन् । एक विशेष कार्यक्रमका बीच शुक्रवार राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विशेष सम्मान गरेकी हुन्।
Advertisement 1
यसरी सम्मानीत हुनेहरुमा डा दिव्याश्री मल्ल,डा रिता थापा,डा सरस्वती पाध्ये,डा सुधा शर्मा,डा कुसुम थापा,डा किरण रेग्मी,डा आशा सिंह,डा संगीता भण्डारी,डा दिव्यासिंह शाह,डा चन्दा कार्की,डा सानुमैया दली,डा अचला वैद्य,डा सुधा अग्रवाल,डा तारा मानन्धर र डा राधा शाह छन् । उनीहरुलाई नेपाल चिकित्सक संघले ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्डमार्फत विशेष सम्मान गरेको हो।
प्रकाशित :२०७८ श्रावण २२, शुक्रबार २०:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%