२५०८ जना नयाँ संक्रमित थपिँदा संक्रमणमुक्त हुनेको संख्या २२६४


पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। यो अवधिमा ९ हजार २ सय ७९ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ३१ हजार २२२ पुगेको छ।
मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संख्या ७६दशमलभ ९ प्रतिशत रहेको छ। पछिल्लो २४ घन्टामा १७ जना कोरोना संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९३७ पुगेको छ।
मन्त्रालयका अनुसार २ हजार ४ सय १० जना क्वारेन्टाइनमा छन्। नेपालमा ३८ हजार ३ सय ५७ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित :२०७७ कार्तिक १५, शनिबार १७:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry