मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै

महोत्तरी। मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘लगपाँच’ पर्व मनाइँदै छ। यो पर्वमा नाग (सर्प) प्रजातिका जीवको पूजा गरेर मनाइन्छ। यस वर्ष भदौ सङ्क्रान्तिका दिन उक्त पर्व मनाउन लागिएको हो।

Advertisement 1

सामान्यतया सौरमास साउनमै पर्ने गरे पनि यसपालि गत जेठमा परेको अधिकमासले चन्द्रमासका तिथिपछि धकेलिँदा भदौ लागेको मैथिल कर्मकाण्डी पुरोहितले बताउनुभयो। सौरमासले आज भदौ सङ्क्रान्ति भए पनि चन्द्रमास परम्परामा यो पर्व मनाउने चलन छ।

हिन्दू मैथिल परम्पराको ‘लगपाँच’ पर्वमा घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरिन्छ। गोबरले कोरिएको चित्रमा दुबो, सिन्दूर र अक्षता चढाइँदै नाग देवताको पुकारा र पूजा गरिन्छ।

Advertisement 2

यस दिन नागले रुचाउने दूध, लावा (धान र जुनेलो भुटेर बनाइएको परिकार) चढाइने मैथिल परम्परा छ। मिथिला धेरैजसो पर्वविधि घरकी मुख्य महिलाले गर्ने चलनअनुसार यो पर्वको पूजा घरकी गृहिणीले गछिनर््।

घरका मुख्य महिलाले बिहान पवित्र स्नान गरेर पर्वको तयारी गरिने चलन रहेको मैथिल कर्मकाण्डका जानकार भङ्गाहा–५, सिद्धपुरका सन्तोष झाले जानकारी दिए। मिथिलामा ‘लगपाँच’ लगालग चाडबाड आउन थालेका सूचनाका रूपमा लिने गरिन्छ। ‘लगपाँच’ लगत्तै राखी (रक्षाबन्धन), भदैया रैब, कृष्णाष्टमी, कुशे अमावश्या चौरचन, इन्द्रजात्रा, पितृपक्ष, जितिया, दशहारा, दीपावली, छठलगायत पर्व एकपछि अर्को आउने हुँदा ‘लगपाँच’ लाई चाडबाड सुरु भएको सूचना मान्ने गरिएको छ।

Advertisement 3

साउन÷भदौ सर्पादिको भय हुने हुँदा नागको पूजा गर्ने र नागलाई खुसी बनाउन पूर्वजले यो परम्परा बसाएका शिला ठाकुरले बताउनुभयो। घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरेमा वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको मिथिला संस्कृतिविद् जलेश्वर–५ का धु्रव राय बताउँछन्।

प्रकाशित :२०८३ भाद्र १, सोमबार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry