आजबाट सरकारी कर्मचारीको तलब बढ्यो, कस्को कति पुग्यो ?
केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेट आजबाट पूर्ण रुपमा लागू भएसँगै सरकारी कर्मचारीको तलब बढेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेट भाषण गर्दा २०७८ साउन १ गतेदेखि लागू हुनेगरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरिएको थियो । यस्तै, सरकारले जनपथ र सशस्त्र प्रहरीले पाउँदै आएको राशन खर्चमा १५ प्रतिशतले वृद्धि पनि भएको थियो । अब कर्मचारीले साउनको तलब २ हजार रुपैयाँ बढेर पाउने छन्। यसअघि दिँदै आएको २ हजार भत्तालाई निरन्तरता दिँदै सरकारले तलब २ हजार रुपैयाँले बढाइदिएको थियो। जेठ १५ को बजेटपछि सबै तहका कर्मचारीको तलब २ हजारले बढेको हो।
२ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढेको हो । सरकारले २ वर्षदेखि तलब सुविधा बढाएको थिएन। आजैबाट सामाजिक सुरक्षा भत्ता पनि बढेको छ। अब वृद्धवृद्धाले मासिक ४ हजार भत्ता पाउने छन्। सरकारले ३ हजारको भत्तालाई ४ हजार पुर्याएको हो।
Advertisement 1
यस्तै यही आर्थिक बर्षदेखि लागू हुने गरी १० लाख सम्मको बिमा तथा आवासका लागि सहुलियतमा ऋण दिने बजेट भाषणमा समावेश गरिएको छ । यस्तै कर्मचारीहरुलाई कर्मचारीलाई घुमघाम काज दिने भएको छ ।
जस अनुसार वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन् । र १ लाखको स्वास्थय बीमा सरकारले गरिदिनेछ ।