कर्मचारीलाई अर्थमन्त्री शर्माको निर्देशन : काम छाडेर चाकडीमा नआउनु

Advertisement 1
नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदबहाली गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँको सहमतिसहित तीनवटा निर्णय गरेका छन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गरेका हुन्। आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमति अनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गरेका छन्।
मन्त्री शर्माले झण्डै आधा घण्टा सम्बोधन गरे,सम्बोधनको क्रममा कोभिडको १९ को महामारीले अर्थतन्त्र धरासायी भएको, ब्यापार घाटा बढेको, आर्थिक वृद्धिदर घटेको, कृषिमा जोड नपुगेको जस्ता समस्या औल्याए । अहिले ८ प्रतिशत आर्थिक वृद्धि हुनुपर्ने भएपनि ४ प्रतिशत मात्रै आर्थिक वृद्धि भएकाले धेरै काम गर्नुपर्ने उनले बताए।
कोरोना महामारीका कारण शिथिल भएको अर्थतन्त्र सुधार्न आफूले प्रयत्न गर्ने मन्त्री शर्माले बताए । उनले बरु आफु अर्थसँग सम्बन्धित बिज्ञ नभएको र सामान्य मान्छे भएकाले आफुलाई धेरै कुरामा सघाउनलाई अर्थका कर्मचारी, गभर्नर, र अरु सरोकारवालाहरुसँग आग्रह गरे। आफ्नो एकमात्रै उद्देश्य नतिजा निस्कने गरी कार्यसम्पादन गर्ने भएको बताएका छन् । अनुहार, जात, झण्डा केही नहेरी काममा केन्द्रित हुने पनि बताए । पदभार समारोहलाई सम्बोधन गर्दै उनले भने, मलाई अनुहार चाहिन्न, जात चाहिन्न, केवल मलाई काम चाहिन्छ ।’
शर्माले मन्त्रालयका कर्मचारीहरुलाई अर्थतन्त्रलाई सही दिशातर्फ अग्रसर गराउने गरी काम गर्न पनि निर्देशन दिए ।