२० लाखको राहात बोकेर पुगे लामा धिन्दुप मनाङ

समाजसेवी सोनाम घ्याल्चे घले (लामा धिन्दुप) राहात वितरणको लागि आफ्नो र्गह जिल्ला पुगेका छन् । अविरल वर्षाका कारण गण्डकी प्रदेशमा सबैभन्दा बढी मनाङ जिल्ला प्रभाविन बनेको थियो । मनाङ सदरमुकाम चामेदेखि जिल्लाको नासो गाउँपालिकाको तालगाउँमा बाढी आएको थियो। मर्स्याङ्गदी नदीमा पानीको बहाव बढेका कारण सयौँ घर विस्थापित भएका छन् ।

Advertisement 1

चामल , दाल, तेल , र दुध पाउडर लगायतका सामग्री लिएर समान नमोबुध्दका अध्यक्ष लामा खामसुम, महासचिव आचार्य पासाङ्ग वंग्दु र समाजसेवी सोनाम घ्याल्चे घले (लामा धिन्दुप) सहितको टोली मनाङ गएका हुन् ।

Advertisement 2


सोवर एक्सन हङकङ, बज्रयान बुद्धिष्ट सेन्टर , मेघ स्टार च्यारिटि, मकाउ र ठाङ्गु धर्मकाराको आर्थिक सहयोगमा नमोबुद्ध ठाङ्गु गुम्बाले मनाङ्ग जिल्लाको नर्फु गाउपालिका र चामे गाउपालिकाको बाडि र पहिरो बाट विस्तापित चार सय नब्बे परिवारलाई खाद्यान्न लागयात्को सहयोग गरेको छ। वर्षाका कारण बाटो अबरुद्ध भयको र हेलिकोप्टर मार्फत उक्त राहात लागिएको समाजसेवी धिन्दुपले जानकारी दिएका छन् ।

Advertisement 3

स्थानीयलाई खानकै समस्या भयको कारण मौसम खराब भयपनी राहत लगियको छ । करिब बीस लाख बराबरको खाद्यान्न लागायत आवस्यक सामग्री लगिएको हो। यो भन्दा अगाडी पनि उनले मनाङमा न्यानो कपडाहरु वितरण गनुृका साथै सिन्धुपाल्चोकमा बाढी पहिरोमा परेकालाई राहात वितरण गरेका थिए ।

प्रकाशित :२०७८ असार २८, सोमबार १२:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry