दुई सहसचिव सचिवमा बढुवा

सरकारले दुई बरिष्ठ सह सचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार बिहान वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन र प्राविधिक क्षेत्रका एक एक जना सह सचिवलाई सचिवमा बढुवा गरेको हो । लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासन र प्राविधिक सेवाबाट ६ जना सहसचिवलाई बढुवा सिफारिस गरेको थियो ।
प्रशासन सेवातर्फबाट खगेन्द्रप्रसाद नेपाल, किरण राज शर्मा र रामप्रसाद घिमिरेको नाम सिफारिस गरेको थियो । जसमध्ये पहिलो नम्बरमा नाम सिफारिस भएका नेपाल सचिव पदमा बढुवा भएका हुन् ।
यस्तै प्राविधिक तर्फबाट तीन सह सचिवको नाम सिफारिस भएको थियो । बढुवा सिफारिस समितिले गोपालप्रसाद सिग्देल,राजेन्द्र खनाल र सरजु कुमार वैद्यको नाम सचिव बढुवाका लागि सिफारिस गरेकोमा दोश्रो नम्बरमा नाम सिफारिस भएका राजेन्द्रप्रसाद खनाललाई सचिवमा बढुवा गरेको छ ।

Advertisement 1

 

 

प्रकाशित :२०७८ असार २८, सोमबार १२:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry