२० हजार घुससहित इन्जिनियर पक्राउ

सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङमा कार्यरत सव–इजिनियर (करार) बिनोद सापकोटा घुुसहित पक्राउ परेका छन् ।
Advertisement 1
अख्तियारका अनुसार सापकोटाले खेलकुद मैदान निर्माणको ठेक्कामा धरौटी रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग घुस लिएका थिए। घुसको रकमसहित सापकोटा पक्राउ परेको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिएका छन्।
प्रेस विज्ञप्ति
Advertisement 2
सामाजिक विकास मन्त्रालय वाग्मती, प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङमा कार्यरत सव इजिनियर (करार) बिनोद सापकोटाले खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको लागि धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग निर्माण सम्पन्न गरिदिए वापत रु २०,०००।– दिनुपर्छ भनी घुस–रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटि गएको टोलीले निज बिनोद सापकोटालाई सेवाग्राहीबाट रु। २०,०००।– (वीस हजार रुपैयाँ) घुस–रिसवत लिएको अवस्थामा उक्त रकमसहित निजलाई जिल्ला धादिङ, थाक्रे गाउँपालिका वडा नं २ स्थित हुलाकडाँडाबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ।
प्रवक्ता
नारायण प्रसाद रिसाल