२१ बर्ष अगाडीको गंगापूर्ण ताल र आजको गंगापूर्ण तालको अबस्था

हिमाली जिल्ला मनाङको ङिस्याँङ गाउँपालिका–६ अन्तर्गत ३ हजार ५ सय ४० मिटरको उचाइमा रहेको गंगापूर्ण ताल तिलिचो पछिको पर्यटकीय ताल मानिन्छ । गंगापूर्ण हिमाल, अन्नपूर्ण–४, खाङसार काङ, ग्लेसियर डोमबाट बगेर आएको हिमनदीबाट बनेको तालको तीनभाग मध्ये आधा भन्दा बढी भाग हराइसकेको छ ।

Advertisement 1

मनाङ गांउमा रहेको गंगापूर्ण ताल मनाङ गांउकै सान हो, मुटु हो भन्नू पर्दा मनाङ गाँउकै केन्द्र बिन्दु हो।यहाँ घुम्न आँउने पर्यटकहरू यो ताल नघुमी कोही फर्किन्दैन।तर जलवायु परिवर्तन र बर्षेनि बढदो बर्षाको कारण यो तालमा बालुवा,हिलो माठो बगाउनाले तालको सतह पुरिन्द‌ै गएको छ।झन केही हप्ता अगाडिको अबिरल बर्षाले त तालको अधिकांस भाग पुरिएको छ।अब पनि यो तालको संरक्षणमा चासो देखाएन भने केही बर्षमा यो ताल मैदानमा परिवर्तन हुनेछ।

Advertisement 2

मनाङको पर्यटकिय सम्पदा गंगापूर्ण ताल हिमपहिरोले साँघुरिदै गएपछि सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । हिमनदी बग्ने क्रम बढेपछि त्यसले बगाएको बालुवा र माटोले ताल पुरिँदै गएको र बर्सेनि ताल पुरिने क्रम बढेको हो ।
पछिल्लो दुईदशकको अवधीमा तालको आधाभन्दा बढी भाग पुरिएको मनाङका स्थानिय एवं पर्यटन व्यवसायी विनोद गुरुङको भनाई छ । माथिल्लो मनाङसम्म पुग्ने पर्यटकहरूका लागि तिलिचोको प्यास मेटाउने गंगापूर्ण तालको अस्तीत्व जोगाउन सरकारले विशेष चासो दिनुपर्ने पर्यटन व्यवसायी गुरुङको भनाइ छ ।
“धेरै पर्यटक तिलिचो पुग्न आएका हुन्छन्, तर सबैजना तिलिचो पुग्न सक्दैनन्” गुरुङले भने “तिलिचो पुग्न नसक्ने र माथिल्लो मनाङसम्म आएका पर्यटकहरू गंगापूर्ण तालमा रमाएर फर्कने गरेका छन् ।”

Advertisement 3


विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग अन्तर्गत थोरङला भन्ज्याङ क्रस गर्न आएका पर्यटकहरू पनि गंगापूर्ण तालमा रमाउने गर्दछन् । तिलिचो जाने तथा थोरङला क्रस गर्ने पर्यटकहरूका लागि कम्तीमा एक दिन माथिल्लो मनाङ बस्नुपर्ने हुँदा धेरै पर्यटकहरूले गंगापुर्ण तालमा रमाउने अवसर पाएका छन् ।

प्रकाशित :२०७८ असार २३, बुधबार १८:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry