बाँकेका प्रजिअ कुरुम्वाङ्लाई कोराना


बाँकेको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्लाई कोरोना संक्रमण पृष्टि भएको छ । प्रजिअ कुरुम्वाङ्लाई मंगलबार कोरोना पुष्टि भएको हो । कुशल प्रशासकका रुपमा परिचित कुरुम्वाङले आफू कोभिड १९ विरुद्ध लड्दा, लड्दै म आफै संक्रमित भएको जनाएका छन् । सामाजिक सञ्जालबाट उनले आफूसँग सम्पर्कमा रहनु हुनेले विशेष सावधानी अपनाउन आग्रह समेत गरेका छन् ।
जिल्लाको नरैनापुरमा कोरोना सङ्क्रमण व्यापक भइरहेका बेला बाँकेमा पठाइएको थिए बर्षदिनअघि । कोरोना कहर बढिरहँदा समेत चुस्त व्यवस्थापन हुन नसके पछि गृहले सहसचिवको दरबन्दि रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सहसचिव कुमार बहादुर खड्कालाई गृहमा तानेर कुरुम्वाङ्लाई बाँकेको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको थियो ।

Advertisement 1

सरुवा भएका प्रजिअ कुरुम्वाङ कोभिड-१९ को महामारी नियन्त्रणका लागि आफै सबैैतिर खटिएका थिए ।

ईन्टिग्रेटि आईडल २०१८ का बिजेता कुशल प्रशासकको छबि बनाएका प्रजिअ कुरुम्वाङ्ले सामाजिक सञ्जालमा आफु कोरोना संक्रमित भएको बताएका छन् ।

Advertisement 2

सामाजिक सञ्जालमा फेसबुकमा उनले लखेका छन् – कोरोना बिरुद्ध लड्दा, लड्दै म आफै संक्रमित भएको छु । म सँग सम्पर्कमा रहनु हुनेले बिशेष सावधानी अपनाउनु होला । यस अघि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेललाई कोरोना देखिएको थियो ।

प्रकाशित :२०७७ कार्तिक १३, बिहीबार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम