पत्रकार चौलागाईंलाई ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’

काठमाडौं। पत्रकार पुष्पराज चौलागाईंले यस वर्षको ‘स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ पाएका छन्। विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चौलागाईंसहित ७ जनालाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको हो।

Advertisement 1

करिब एक दशकदेखि पत्रकारितामा सक्रिय चौलागाईं पछिल्लो ४ वर्षदेखि अनलाइनखबरमा आबद्ध भएर स्वास्थ्य बिटमा रिपोर्टिङ गरिरहेका छन्।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण न्यूनीकरण गर्न अनुसन्धानमूलक लेख, रचना, समाचार प्रकाशन तथा प्रसारण, जनचेतनामूलक कार्यक्रम सञ्चालन तथा निरन्तर पैरवी गरेवापत सम्मानित गरिएको मन्त्रालयले जनाएको छ।

Advertisement 2

उनीसहित रामप्रसाद न्यौपाने (नेपाली हेल्थ), डा तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभी अनलाइन), बुद्धि कट्टेल (मेडिकल पत्र), रूद्र कडरिया (क्यान्सर काउन्सिल नेपाल) र लक्ष्मीनारायण देवलाई पनि पुरस्कारसहित सम्मान गरिएको छ। संघसंस्थाबाट भने क्यान्सर परिषद् नेपाललाई सम्मान गरिएको छ।

प्रकाशित :२०८२ जेष्ठ १७, शनिबार २१:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम