निजामती सेवाका यी ६ सचिव, जस्ले पढेका थिए एउटै सरकारी विद्यालय

निजामती कर्मचारी वृत्तमा कहिलेकाहिँ रमाइला संयोगहरु देखा पर्दछन् ।जस्तो एकै जिल्लाका कर्मचारी एकै पटक देशका ५ जिल्लाका सिडीओ बनेर रेकर्ड कायम गरेका छन् । यस्तै एकै जिल्लाको एउटै विद्यालयमा पढेका ५ जना एकै पटक सचिव बनेर मुलुकको कर्मचारी प्रशासन चलाएर केही अघि रेकर्ड बनाए ।
राजधानी भक्तपुरको चाँगुनारायण माध्यमिक विद्यालयका मणिराम गेलाल,शिशिर कुमार ढुंगना र महेश्वर न्यौपाने एउटै विद्यालयमा अध्ययनरत तीन जना अहिले एकै पटक निजामती सेवाको उच्च ओहदामा कार्यरत छन् । त्यस्तै संयोग मिलेको छ साविकको खोटाङ बजार गाविस स्थित भगवती माध्यमिक विद्यालय(साविक मिडिल स्कूल)को । जहाँ पढेका ६ जना  विद्यार्थीहरु जो निजामती सेवामा सचिव कोही रिटायर्ड भइसकेका छन् त कोही बहालवाला ।

Advertisement 1

उनीहरु हुन टंकमणी शर्मा,उत्तमकुमार भट्टराई,केशव भट्टराई,मणिराम ओझा,सुरेश आचार्य र घनानाथ ओझा ।

टंकमणी शर्माः सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले वि सं २०७४ जेठ ८ गते टंकमणि शर्मालाई नेपालका माननीय महालेखापरीक्षकमा नियुक्त भएका छन् । नेपालका महालेखापरीक्षकमा नियुक्त हुनु भन्दा पहिला उनले प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयको सचिव, सामान्य प्रशासन मन्त्रालयको सचिव, सार्वजनिक खरीद अनुगमन कार्यालयको सचिव, आन्तरिक राजश्व विभागको महानिर्देशक, भन्सार विभागको महानिर्देशक, राजश्व अनुसन्धान विभागको महानिर्देशक जस्ता महत्वपूर्ण मन्त्रालय तथा विभागमा पदीय जिम्मेबारी बहन गरिसकेका छन् । उनले २०३१ सालमा एसएलसी उत्र्तीण गरेका थिए ।

Advertisement 2

उत्तम कुमार भट्टराईः नेपाल सरकारको उद्योग र कृषि तथा सहकारी मन्त्रालयमा सचिव भई हाल प्रदेश नं को लोकसेवा आयोगको अध्यक्षमा कार्यरत छन् । उनले २०३१ सालमा एसएलसी दिएका थिए ।

केशब भट्टराईः नेपाल सरकारका लोकसेवा आयोग, वन मन्त्रालय, सामान्य प्रशासान मन्त्रालय, वातावरण मन्त्रालयको सचिव भइ सेवा निवृत भएका छन् । उनी हङकङका महावाणिज्य दुत भए पछि सचिवमा वढुवा भएका थिए । उनले सोहि विद्यालयबाट  २०२२ साल सम्म प्रावि पढेका थिए ।

Advertisement 3

मणिराम ओझाः नेपाल सरकारको कानुन तर्फ सचिव भई नेपाल कानुन आयोगको, सत्य निरुपण आयोग र सुचना आयोगमा कार्य गरि हाल उनी निवृत भएका छन् । उनले २०३५ सालमा एसएलसी उत्र्तीण गरेका थिए ।
सुरेश आचार्यः उनी नेपाल सरकारको सचिव पदमा कार्यरत छन् । कुशल प्रशासकको छवि बनाएका आचार्य जागिर अवधिमा लामो समय पर्यटन मन्त्रालयमा बिताए । अहिले नेपाल ट्रस्टको कार्यलयमा कार्यरत छन् । इञ्जियर पृष्टभूमिका उनी कुशल प्रशासक त हुन नै,अब्बल गीतकार पनि हुन् । जागिरबाट बचेखुचेको समय साहित्य श्रृजनामा रमाउँछन् । सांगीतिक फाँटमा सियरा उपनामले परिचित सचिव आचार्यले केही अघिमात्र तिम्रो प्रेरणाले नामक गीति एल्वम, तिमी आकाश छुन नामक गीति एल्वम बजारमा ल्याएका छन् । उनले २०३३  साल सम्म प्रावि पढेका थिए ।

घनानाथ ओझाः नेपाल सरकारको सचिव पदमा लामो समय काम गरि हाल सेवा निवृत भएका छन् । उनी संचार र स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए । उनी २०५५ सालमा निवृत भएका हुन् भने २०१४ सालमा एसएलसी उत्र्तीण गरेका थिए ।

 

प्रकाशित :२०७८ असार ११, शुक्रबार १५:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry