यी हुन् खसीको भन्दै बाख्राको मासु बेच्ने

रौतहटको गौर नगरपालिका वडा नम्बर १ नगरपालिका बजारमा खसीको मासु भन्दै बाख्राको मासु बेच्ने दुई जना व्यापारी पक्राउ परेका छन् ।

Advertisement 1

बाख्राको मासुलाई खसीको मासु भन्दै बेचेको आरोपमा गौर नगरपालिका वडा नम्बर ३ का २४ वर्षीय लाल महमम्द र सोही ठाउँका ३० वर्षीय महमम्द नसिवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहट प्रहरीको अनुसार उनीहरुले बाख्राको शरीरमा खसीको अण्डकोष केमिकलले टासेर उपभोक्तालाई खसीकै मासु हो भन्दै बेचिरहेका थिए । उनीहरुलाई सादा पोसाक गएको प्रहरी टोलीले ३०र३५ किलो बाख्राको मासुसहित रंगेहात पक्राउ गरेको हो ।

उनीहरुलाई थप कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रौतहटमा पठाइने रौतहट प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक भरत श्रेष्ठले जानकारी दिए।

Advertisement 2

जिल्लामा उपभोक्तालाई झुक्याएर मासु बेच्ने क्रमम बढेकाले यसको नियन्त्रणको लागि स्थानिय प्रशासन र नगरपालिकाहरुले कडा अनुगमन गर्नुपर्ने र दोषीलाई कडा कानूनी दण्ड दिनुपर्ने उपभोक्ता हित संरक्षण मंचका जिल्ला अध्यक्ष टिका घिमिरेको भनाइ छ ।

 

Advertisement 3

 

प्रकाशित :२०७८ असार ८, मंगलवार ११:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry