सशस्त्र प्रहरी कपिलवस्तुद्वारा ३७ लाख बराबरको सामान बराम्द

सशस्त्र प्रहरी बल २८ नम्बर गण हेड क्वाटर कपिलवस्तुले ३७ लाख भन्दा बढीको सामान बरामद गरेको छ ।

Advertisement 1

हिजो राती कपिलवस्तु बिजयनगर गाउपालिका १ जवाबैराठ जंगलमा बेवारिसे अवस्थामा रहेको भारतिय नम्बर प्लेटको मो.सा. ४ थान कपडा र चप्पल १६ पोका (गठ्ठा) बिशेष सूचनाको आधारमा बरामद गरेको हो ।

३७ लाख २० हजार ४ सय ५० रुपैया बराबरको नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म (बि. ओ. पि. कृष्णनगर ) ले बरामद गरी आबश्यक कारवाहीको लागि कृष्णनगर भन्सार कार्यालय कपिलवस्तुमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

Advertisement 2

सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलवस्तुका गणपति जीवन केसीले सशस्त्र प्रहरीले रातको समयमा समेत गस्ती बढाएर अवैध ओसारपसारलाई निस्तेज पार्नेतर्फ क्रियाशिल रहेको बताए ।

प्रकाशित :२०८० श्रावण ९, मंगलवार १९:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry