यूनियन लाइफ इन्स्योरेन्सले ५२ लाख ८० हजार रुपैयाँ मृतकको परिवारलाई भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा मृतकको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । विश्वभर फैलिरहेको कोभिड १९ महामारीको कारण सरकाले लगाएको निषेधज्ञाको पालना गर्दै उक्त रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । गण्डकी प्रदेश प्रमुख , उपप्रमुख लगायतको टोलीले मृतक देवराज न्यौपानेको घरमा पुगी सो रकम प्रदान गरेका हुन् ।  गण्डकी प्रदेश प्रमुख आचार्यले बीमा सुख दुःखको साथी भएको वताउँदै भौतिक शरिरको अनुपस्थितीमा हुने आर्थिक क्षतीलाई बीमाले न्युनिकरण गर्ने बताउदै प्राप्त रकम सही सदुपयोग गर्न आग्रह गरे ।

Advertisement 1

पोखरा नेटका सञ्चालक समेत रहेका न्यौपानेले ५० लाख रुपैयाको जीवन बीमा गर्दा ३ लाख ६० हजार रुपैया यूनियन लाइफमा जम्मा गरेका थिए । न्यौपानेको गत चैत्र ३१ गते असमायिक निधन भएको थियो । ५० लाख विमाङ्कको बीमा गरेका थिए ।

मृत्यु पछि न्यौपानेकी श्रीमती हकवला शोभा तिम्लसेना न्यौपानेलाई कम्पनीका प्रतिनीधिहरुले ५२ लाख ८० हजार रुपैयाको चेक उनकै निवासमा पुगेर प्रदान गरिएको कम्पनीले बताएको छ । चेक ग्रहण गर्दै हकवला न्यौपानेले बीमा गरे पनि बीमा कम्पनीले दिने सेवा सुविधाप्रति आफु यसअघि विश्वस्त नभएको र कम्पनीले घरमै आएर सो रकम प्रदान गरेकोमा धन्यवाद दिदैं उक्त रकम सहि सदुपयोग गर्ने बताइन् ।

Advertisement 2

 

प्रकाशित :२०७८ पुष २७, मंगलवार १३:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry