सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्यो

काठमाडौं। स्वास्थ्य सेवा विभागको नियमित खरिद प्रक्रियाअन्तर्गत सर्पदंश र रेबिजविरुद्धको खोप आएको छ।
Advertisement 1
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले सर्पदंशविरुद्धको खोप र रेबिजविरुद्ध प्रयोग हुने खोप बिहीबार प्राप्त भएको जानकारी दिए।
उनका अनुसार सर्पदंशविरुद्धको आठ हजार २०० भायल र रेबिजविरुद्धको १७ हजार ६०० भायल खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा राखिएको छ।
Advertisement 2
प्राप्त खोप आवश्यक प्रक्रिया पूरा गरी सातवटै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा वितरण गरिनेछ। केही दिनअघिदेखि रेबिजविरुद्धको खोप सहज रुपमा प्राप्त नभएको गुनासो थियो।
प्रकाशित :२०८३ श्रावण २९, शुक्रबार १२:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








