नेपाल राष्ट्र बैंकले तिरायो सिइओ श्रेष्ठलाई पाँच लाख जरिवाना

कर्जा स्वीकृत गर्दा बदमासी गरेको भेटिए पछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका एक सीइओलाई पाँच लाख जरिवाना तिराएको छ ।
नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा अख्तियारीभन्दा बाहिर गएर कर्जा स्वीकृत गरेको भन्दै पाँच लाख जरिवाना तिराएको हो । त्यसरी जरिवाना तिर्ने सिइओ हुन अमृतचरण श्रेष्ठ । राष्ट्र बैंकले तत्कालीन क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठलाई पाँच लाख जरिवाना तिराएको हो भने अन्य चार बैंकहरुलाई सचेत गराएको हो ।
नेपाल राष्ट्र बैंकले तत्कालीन कुमारी बैंक हाल कुमारी बैंक लिमिटेड, तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, तत्कालीन सेञ्चुरी कमर्सियल बैंक (प्राप्तिपश्चात् प्रभु बैंक)लाई कारबाही गरेको हो।
Advertisement 1
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंकलाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गरेको भन्दै १० लाख रुपैयाँ जरिवाना तिराइएको छ । साथै तत्कालिन सेन्चुरी कमर्सियल बैंक (हाल प्रभु बैंक) लाई गत साउन र भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
राष्ट्र बैंकले सोही कसूरमा नेपाल बैंक लिमिटेडलाई १८ लाख ५९ हजार ७५२ रुपैयाँ, नबिल बैंकलाई ६ करोड ४६ लाख ४५ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकलाई ४ करोड ४२ लाख ४६ हजार रुपैयाँ जरिवाना तिराएको छ ।
Advertisement 2
यसैगरी, अन्य दुई वाणिज्य बैंकलाई पनि भदौ महिनामा कर्जा निक्षेप अनुपात कायम नगरेकोले जरिवाना गराउने राष्ट्र बैंकको निर्णय छ । त्यसमध्ये कृषि विकास बैंक लिमिटेडलाई ६९ लाख ५८ हजार ८३१ रुपैयाँ र हिमालयन बैंक लिमिटेडलाई ७१ लाख ७२ हजार ९५९ रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार उनीहरुले सहुलियतपूर्ण कर्जा, ब्याज र राष्ट्र बैंकको निर्देशन विपरीत काम गरेको पाइएका कारण उनीहरुलाई नेपाल राष्ट्र बैंक ऐन २०५८को दफा १०० अनुसार सचेत गराएको छ।
Enforcement-action-FY-2079.80-3rd-Quarter