भरतपुरका ३४ हजारभन्दा बढी घरका सदस्य वैदेशिक रोजगारीमा

चितवन। भरतपुर महानगरपालिका क्षेत्रभित्रका ३४ हजार ५ सय ८ घरका सदस्य वैदेशिक रोजगारीमा गएका पाइएको छ। महानगरभित्रका ९६ हजार पाँच सय ९१ घरमध्ये ३४ हजारभन्दा बढी घरका सदस्य वैदेशिक रोजगारीमा गएका हुन्।

Advertisement 1

वैदेशिक रोजगारीका क्षेत्रमा अनुसन्धान गर्दै आएको गैरसरकारी संस्था पाश्र्वचित्रले जनप्रतिनिधि र सम्बन्धित निकायका प्रतिनिधिको सहभागितामा आयोजित कार्यक्ररमा उक्त तथ्यांक प्रस्तुत गरिएको हो। हाल ३० हजार ५ सय ५५ जना विदेशमा रहेका र ११ हजार २ सय ३१ जना नेपाल फर्किएका छन्।

हेविटासका कार्यक्रम संयोजक उमा पौडेलका अनुसार महानगरपालिकाबाट वैदेशिक रोजगारीमा गएकामध्ये ७६ दशमलव १२ प्रतिशत पुरुष र २३ दशमलव ८८ प्रतिशत महिला छन्।

Advertisement 2

भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले वैदेशिक रोजगारीमा रहेका नगरवासीको तथ्यांकसँगै उनीहरूको अवस्था बुझेर भावी नीति तथा कार्यक्रममा उनीहरूलाई समेट्न सहज हुने बताए। महानगरपालिकाको समाजिक विकास समितिका संयोजक परमेश्वर खनालले देशका अन्य पालिकाकोक तुलनामा भरतपुर महानगरबाट वैदेशिक रोजगारीमा जानेको क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गरे।

प्रकाशित :२०८१ जेष्ठ ३०, बुधबार ११:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry