यस्ता छन मन्त्रिपरिषद् बैठकका ११ निर्णय :- रोकिएका परीक्षा सञ्चालन गर्नेदेखि २१ दरबन्दी थप्नेसम्म
सरकारले सबै किसिमका परीक्षा संचालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षा संचालन गर्न निर्णय दिने निर्णय गरेको हो। सरकारले गत असोज १९ गते बसेको मन्त्रिपरिषद बैठकका ११ वटा निर्णयहरु गरेको छ ।
Advertisement 1
जसअनुसार,सरकारले विश्वविद्यालय, विद्यालयलगायत शैक्षिक संस्थासहित विभिन्न आयोग, प्रतिष्ठानलाई परीक्षा सञ्चालन गर्न सक्ने गरी सैद्धान्तिक सहमति दिएको छ।
कोरोनाभाइरस महामारीका कारण गत चैतदेखि स्थगित भएका परीक्षा अब सञ्चालन गर्ने बाटो खुला भएको हो।
त्यस्तै बैठकले विभिन्न देशमा रहेका अवैतनिक बाणिज्यदुतको पदावधि थप गर्ने निर्णय पनि गरेको छ । यस्तै क्याविनेटले साउदी अरब जेद्दामा रहेको राजपत्रांकित प्रथम श्रेणी प्रशासन समूह सहसचिवस्तरको दरबन्दी सार्ने निर्णय गरेको छ । उक्त दरबन्दी चीनस्थित नेपाली महावाणिज्य दूतावास छेन्दुमा स्थानान्तरण गर्ने निर्णय गरेको हो ।
यस्तै मन्त्रिपरिषद्को बैठकले अधिकृतस्तरका २१ अस्थायी दरबन्दी स्वीकृत गर्ने गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्र र विज्ञापन बोर्डका लागि सो दरबन्दी थप्ने निर्णय गरेको हो । राष्ट्रिय सूचना केन्द्रको काठमाडौँस्थित कार्यालयका लागि ७ र डिजाष्टर रिकभरी केन्द्र, हेटौडाका लागि ९ सहित अधिकृतस्तरका १६ अस्थायी दरबन्दी स्वीकृत गर्ने जानकारी गराए । त्यसै गरी विज्ञापन बोर्डको लागि अधिकृतस्तरका ५ अस्थायी कर्मचारी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।