कोशी प्रदेशको सुरक्षा अवस्थाबारे आज विराटनगरमा छलफल

विराटनगर । कोशी प्रदेशका ६ जिल्लाको सुरक्षा अवस्थाबारे आज प्रदेश राजधानी विराटनगरमा अन्तरक्रिया कार्यक्रम भइरहेको छ ।

Advertisement 1

अन्तरक्रियामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत गृह सचिव र तीनवटै सुरक्षा निकायका प्रमुख पनि विराटनगर आएका छन् ।

कोशीमा देखिएको शान्ति सुरक्षाको चुनौती र समस्याहरुको पहिचानका लागि छलफल आयोजना गरिएको जनाइएको छ ।

Advertisement 2

छलफलमा गृहमन्त्री श्रेष्ठ, नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी आइजिपी राजु अर्याल, राष्टिय अनुसन्धानका विभागका प्रमुख र सांसदसहितको सहभागिता छ ।

गृहमन्त्रीसमक्ष इलाम, झापा, धनकुटा, उदयपुर, सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरुले आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी दिने जनाइएको छ ।

Advertisement 3

यसै अवसरमा राजनैतिक दलका प्रतिनिधि र नागरिक समाजसँग पनि छलफल गरिने भएको छ ।

प्रकाशित :२०८० आश्विन ८, सोमबार १७:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry