मीना सुनारको उद्धार

गण्डकी। रक्तस्रावका कारण स्वास्थ्यावस्था जटिल भएपछि निसीखोला–३ का ३९ वर्षीया गर्भवती मीना सुनारको थप उपचारका लागि नेपाली सेनाले पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पु¥याएको छ।
Advertisement 1
मङ्लगबार बागलुङको बोहरागाउँ स्वास्थ्य चौकीमा सुत्केरी भएकी उनलाई आज बिहान बुर्तिबाङ अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचार हुन नसकेपछि सेनाको हेलिकप्टरबाट आजै पोखरा लगिएको अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए।
“स्वास्थ्य परीक्षणका क्रममा उहाँको पेटमा रगत जमेको पाइएको छ, यहाँ उपचार हुन नसक्ने भएपछि सेनाको हेलिकप्टरमार्फत पोखरास्थित मणिपाल अस्पतालमा पठाइएको छ”, उनले भने।
प्रकाशित :२०८३ श्रावण ६, बुधबार १५:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








