भोटेकोशी बाढीमा टिमुरे भन्सारका १५ कर्मचारी बेपत्ता, २५ जना सम्पर्कमा

काठमाडौं। भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवास्थित टिमुरे भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका छन्।

Advertisement 1

भन्सार कार्यालयमा कार्यरत कुल ४० कर्मचारीमध्ये प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा आएको र बाँकी १५ जना अझै सम्पर्कविहीन रहेको भन्सार विभागका सूचना अधिकारी किशोर बर्तौलाले जानकारी दिए।

भन्सार विभागका अनुसार सम्पर्कविहीन कर्मचारीहरूमा ः
१. नहकुल शर्मा
२. राजेन्द्रकुमार सोनकर
३. विकास तामाङ
४. विष्णुप्रसाद भुसाल
५. भीमबहादुर लामा
६. दिनेश घिमिरे
७. अनिता पुरी
८. प्रेमप्रसाद सेढाई
९. गोविन्द अधिकारी
१०. सुनिल गुरुङ
११. नरेशदत्त जोशी
१२. राजु ओली
१३. राम नेपाली
१४. विमल त्रिपाठी
१५. हरिबहादुर खड्का

Advertisement 2

रहेका छन्।

सम्पर्कमा आएका २५ मध्ये दुईको उपचार हुँदै

Advertisement 3

सूचना अधिकारी बर्तौलाका अनुसार बाढीपछि सम्पर्कमा आएका २५ कर्मचारीमध्ये दुई जनाको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। अन्य ११ जना कर्मचारी काठमाडौं आइपुगेका छन्। उनीहरूको अवस्था सामान्य रहेको विभागले जनाएको छ।

बाढीका कारण टिमुरे क्षेत्रको सम्पर्क तथा आवागमन प्रभावित भएकाले सम्पर्कविहीन कर्मचारीको अवस्था पत्ता लगाउन खोजी तथा उद्धार कार्य जारी रहेको छ। भन्सार विभागले सम्बन्धित सुरक्षा निकाय तथा स्थानीय प्रशासनसँग समन्वय गरिरहेको जनाएको छ। टिमुरे भन्सारमा कार्यरत १५ कर्मचारी अझै सम्पर्कविहीन रहेकाले उनीहरूका परिवार तथा आफन्तमा चिन्ता बढेको छ। विभागले खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाइरहेको जनाएको छ।

प्रकाशित :२०८३ भाद्र ११, बिहीबार १२:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry