सेनाको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम

नेपाली सेना भूपू सम्मेलन-२०७९ को उद्घाटन समारोहमा बिहीबार मन्तव्य व्यक्त गर्नुहुँदै प्रधानसेनापति प्रभुराम शर्मा । तस्बिरः कृष्ण दवाडी / रासस

नेपाली सैनिक वार कलेजमा गत चैत १ गतेदेखि सञ्चालन भएको हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम आज सकिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले कार्यक्रमको समापन गर्दै सफलतापूर्वक तालिम सम्पन्न गरेकामा सम्पूर्ण शिक्षार्थीहरुलाई बधाई दिए ।

Advertisement 1

उनले यस तालिमले शिक्षार्थीहरुलाई थप व्यावसायिक एवं परिष्कृत बनाउनाका साथै अपरेसनल तहको कमान्डर तथा स्टाफको हैसियतले रणनीतिक तहका नेतृत्व वर्गले तय गरेका लक्ष्य तथा उद्देश्यहरु पूरा गर्न र तल्लो तहका कमान्डरहरुलाई उक्त मार्गमा डोर्याउने गहन जिम्मेवारी उत्कृष्ट ढङ्गबाट सम्पन्न गर्न सक्षम तुल्याउने बताए ।

प्रधानसेनापति शर्माले शिक्षार्थी अधिकृतहरुले तालिमको दौरान प्राप्त गरेका ज्ञानलाई आगामी दिनहरुमा आफ्नो वृत्तिविकास र संस्थागत हितका लागि सामूहिक भावनाका साथ सदुपयोग गर्ने विश्वास व्यक्त गरे । कलेजका शिक्षाधिकृत उपरथी सहदेव खड्काले तालिमका बारेमा जानकारी गराएका थिए ।

Advertisement 2

महिला एक र पुरुष ३२ गरी ३३ जना महासेनानी दर्जाका शिक्षार्थीहरुको सहभागिता रहेको उक्त तालिममा समग्रमा महासेनानी वसन्तबहादुर गौतम प्रथम भएका छन् । त्यस्तै, व्यक्तिगत शोधपत्रतर्फ महासेनानी सुवास केसी र महासेनानी वसन्तबहादुर गौतम प्रथम हुनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हाइयर कमान्ड तथा म्यानेजमेन्ट तालिम नेपाली सेनामा सैनिक अधिकृतका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको तालिम हो । विसं २०७१ सालदेखि नेपाली सैनिक वार कलेजमा सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म महिला १० सहित जम्मा तीन सय पाँचजना अधिकृत प्रशिक्षित भइसकेका छन् ।

प्रकाशित :२०८० असार २६, मंगलवार ०८:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry