सह सचिव कार्की कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा नियुक्त
सरकारले कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अध्यक्षमा सह सचिव डा योगेन्द्र कुमार कार्कीलाई चयन गरेको छ ।बरिष्ठ सह सचिव कार्की दुई साता अघिमात्र बाग्मती प्रदेशको कृषि मन्त्रालयबाट संघमा सरुवा भएर आएका हुन् ।
Advertisement 1
कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गत सोमबारको मन्त्रिपरिषद् बैठकले डा कार्कीलाई अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी गराएका छन् । सह सचिव कार्की कृषि अर्थशास्त्र समाजका अध्यक्ष तथा अन्तर्राष्ट्रिय कृषि प्रसार शिक्षा समाजका उपाध्यक्ष समेत हुन् ।
त्यसै गरी समितिको कार्यकारी निर्देशक पदमा वरिष्ठ कृषि अर्थ विज्ञ विनोद कुमार भट्टराई नियुक्ति दिने निर्णय गरेको छ
प्रकाशित :२०७७ आश्विन २१, बुधबार १३:०१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%