निजामतीमा दुई तहको पद थप्ने तयारी (मस्यौदासहित)

सरकारले निजामतीमा दुई तह थप्ने तयारी गरेको छ । हाल १२ औं र १३ औं तहको पदलाई विशिष्ठ श्रेणीको सचिव मानिदैं आएकोमा अब दुई तह थपेर १३ औं,१४ औं र १५ औं तहसम्म पुर्याउने प्रस्ताव सङ्घीय निजामती सेवा ऐनमा गरिएको छ ।

Advertisement 1

प्रस्तावित मस्यौदाको दफा नम्बर ६ मा,श्रेणी र पदसम्बन्धी व्यवस्था गरिएको छ । सो दफाले निजामती सेवा ऐनमा थप दुई तह थपेर १५ औं तहसम्म पुर्याउने प्रस्ताव गरिएको हो । अहिले तहगतमा रहेका स्थानीय तह,प्रदेशलाई मिालउनका साथैं सेना प्रहरीको पदमा समेत एकरुपता कायम गर्न यो प्रस्ताव गरिएको सरोकारवालाहरुले जनाएका छन् ।

मस्यौदामा अधिकृत बाह्रौँ तहमा बहाल रहेका निजामती कर्मचारी ऐन प्रारम्भ भएपछि अधिकृत तेह्रौँ तहमा कायम गरिने उल्लेख गरिएको छ । यस्तै माथिल्लो तहमा बढुवा हुँदा अधिकृत बाह्रौँ तहको पदमा बहाल रहेको अवधिलाईसमेत हालको पदको अवधिमा गणना गर्ने  बुँदा हालिएको छ ।

Advertisement 2

यस्तै राजपत्राङ्कित प्रथम श्रेणीलाई अधिकृत एघारौँ र बाह्रौँ बनाइएको छ भने राजपत्राङ्कित द्वितीय श्रेणीलाई अधिकृत दसौँ र नवौँ कायम गरिएको छ । राजपत्राङ्कित तृतीय श्रेणीलाई अधिकृत छैटौँ, सातौँ र आठौँ बनाइएको छ ।

त्यस्तै राजपत्र अनङ्कित प्रथमलाई सहायक पाँचौँ, द्वितीयलाई सहायक चौथो र तृतीयलाई सहायक तेस्रोमा लगिएको छ । चतुर्थ र पाँचौँ भने गणना गरिएको छैन ।

Advertisement 3

यस्तै राजपत्र अनङ्कित तृतीय श्रेणी र सहायक तेस्रो तहमा कुनै निजामती कर्मचारीको पदाधिकार नरहेमा सो पद स्वतः खारेज हुने विधेयकको मस्यौदामा उल्लेख छ ।

अहिले तहगतमा रहेका र सेना प्रहरीको पदमा समेत एकरुपता कायम गर्न यो प्रस्ताव ठीक रहेको बहालवाला कर्मचारीहरुको तर्क छ ।

प्रकाशित :२०७९ चैत्र २१, मंगलवार १०:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry