करोडती सुब्बालाई अख्तियरले डाम्ने विशेषले चोख्याउने

भीमकान्त भण्डारीले विशेष अदालतबाट भ्रष्टाचार तथा गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सफाइ पाएका छन् ।

Advertisement 1

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलबलगुढी झापाका वरिष्ठ व्यवस्थापन सहायक रहेका बेला भण्डारीले ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष असारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका न्यायधीश यमुना भट्टराई र बलभद्र बास्तोलाको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुग्ने भन्दै भण्डारीलाई सफाइ दिएको हो । विशेष अदालतमा सोमवार र मंगलवार भएको वहसमा भण्डारीको पक्षबाट अधिवक्ता भोजराज आचार्य,तिलक पाण्डे र अपुर्व खतिवडा सहभागी थिए ।

Advertisement 2

माओवादी केन्द्र गुल्मीका नेता भण्डारी विध ल्याबका सञ्चालक समेत हुन् । उनीविरुद्ध अख्तियारले दायर गरेको अकुत सम्पत्तिको दाबी नपुग्ने ठहर अदालतले गरेको छ । व्यवसाय गरेर कमाएको सम्पत्तिमा अख्तियारले हेर्न नमिल्ने समेत अदालतको ठहर छ ।

 

प्रकाशित :२०८० कार्तिक २२, बुधबार ०८:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry