कपिलवस्तु अदालतका २ कर्मचारी घुससहित पक्राउ

काठमाडौं। कपिलवस्तु जिल्ला अदालतका २ जना कर्मचारी घुससहित पक्राउ परेका छन्।

Advertisement 1

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलस्थित कार्यालयले जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुससहित पक्राउ गरेको हो।

उनीहरुले सेवाग्राहीसँग जग्गासम्बन्धी कार्यका लागि २० हजार रुपैयाँ घुस लिएका थिए। घुस लिएकै अवस्थामा चिया पसलबाट पक्राउ गरिएको अख्तियारको कार्यालयले जानकारी दिएको छ।

प्रकाशित :२०८१ कार्तिक २७, मंगलवार १६:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry