रसुवामा युवा संघः वृक्षारोपण, सरसफाई र काठे पुल निर्माणमा सक्रिय
राष्ट्रिय युवा संघ नेपाल रसुवाले विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
Advertisement 1
जिल्लामा ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नारासहित एक युवा पाँच विरुवा अभियान सुरू गरेको छ। कालिका गाउपालिका वडा नम्बर ५ रसुवा द्वारा आयोजित वृक्षारोपन तथा काठे पुल निर्माण कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य रोशन तामाङको प्रमुख आतिथ्य र राष्ट्रिय युवा संघ रसुवाका पुर्ब अध्यक्ष एवम जिल्ला सल्लाहकार समिति प्रमुख नारायण प्रसाद देवकोटाको बिषेश आतिथ्यमा विभिन्न कार्यक्रम गरेको छ ।
नेकपा एमाले रसुवा जिल्ला कमिटी सदस्य कमल आचार्य, बिष्णु पौडेल, सिता कुमारी अधिकारी , भिम तामाङ, रामहरि देवकोटा, हरि पौडेल, सावित्री पुडासैनी, मोचनाथ न्यौपाने, खुवा प्रसाद पौडेल, राष्ट्रिय युवा संघ नेपाल रसुवा उपाध्यक्ष सुरेश थोक्रा ,अनेरास्ववियु केन्द्रिय सदस्य पुरुषोतम न्यौपाने, राष्ट्रिय युवा संघ बाग्मती प्रदेश कमिटी सदस्य दावामिङ्मर तामाङ, अनेम संघ प्रदेस कमिटि सदस्य तारा कार्की ,अनेरास्ववियु रसुवा अध्यक्ष हरि पौडेल , नेकपा एमाले कालिका गाउकमिटी सचिब बिक्रम लोप्चन, सामुदायिक बन उपभोक्ता समिति रसुवाका अध्यक्ष हेमनाथ खतिवडा लगायत सहभागी भएका थिए ।
Advertisement 2
बृक्षारोपण करिब ३/४ जातिका १५० भन्दा बिरुवा रोपिएको र काठे पुल निर्माणले कालिका ५ का करिब सय जनाले दैनिक रुपमा हिडडुल सजिलो हुने राष्ट्रिय युवा संघ रसुवाका अध्यक्ष कुमार नगरकोटीले बताए । राष्ट्रिय युवा संघ रसुवाले साउन १३ गते शनिवार उत्तरगया २ भाङ्गे झरना वरिपरि बृक्षारोपण गरि आफ्नो १ महिने बृक्षारोपण कार्यक्रम शुभारम्भ गरेको थियो ।राष्ट्रिय युवा संघ नेपालको उत्तरगया गाउँ कमिटीले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ भन्ने नारासहित एक युवा पाँच विरुवा अभियान सुरू गरेको हो । नेकपा एमालेका केन्द्रीय सदस्य प्रेम तामाङको उपस्थितिमा संघले शनिबारबाट यस्तो अभियान शुभारम्भ गरेको हो ।
Advertisement 3
।