मोटरसाइकल लिलाम बिक्री गर्दै भैरहवा भन्सार कार्यालय

भैरहवा भन्सार कार्यालयले दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गर्ने भएको छ । भन्सार नियमावली, २०६४ को निमय ३५ (१) बमोजिम गोप्य सिलबन्दी बोलपत्रद्वारा दुइपाङग्रे सवारी साधन लिलाम बिक्री गरिने भएको हो ।
Advertisement 1
चोरी निकासी/पैठारीको अभियोगमा भन्सार कार्यालयबाट जफत भएका मोटरसाइकल र स्कुटर सिलबन्दी बोलपत्रद्वारा लिलाम बिक्री गर्न लागिएको कार्यालयले जनाएको छ । इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूले २१ दिनभित्र लिलाम बिक्रीमा सहभागी हुन सक्नेछन् ।
बोलपत्र पेस गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले न्यूनतम मूल्यमा नघट्ने गरी आफूले कबोल गरेको रकमको १० (दश) प्रतिशतले हुने रकम राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्नुपर्नेछ ।
प्रकाशित :२०८० माघ २९, सोमबार ०७:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%