फरार प्रतिवादी पक्राउ

पर्सा। प्रहरीले आज १३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
Advertisement 1
विभिन्न मुद्दाका अभियुक्तलाई आजै पर्सा जिल्ला अदालतमा दाखिला गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।
प्रहरीले चेक अनादारमा ६, चोरीमा १, कुटपिट २, घरेलु हिंसा ३ र बिगो भरिभराउ १ गरी १३ जनालाई पक्राउ गरेको हो।
Advertisement 2
बिगो भरिभराउ मुद्दा शीर्षकका प्रतिवादी १ जनालाई २ वर्ष कैद तोकिएको छ। त्यसैगरी चेक अनादार ६ जनालाई रु ८ हजार ५०० जरिवाना, चोरीका १ जनालाई रु ५ हजार, कुटपिटका २ जनालाई रु ६ हजार र घरेलु हिंसाका ३ जनालाई रु १५ हजार जरिवाना गरिएको छ।
प्रकाशित :२०८३ श्रावण २०, बुधबार ११:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








