सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा रु १ हजार ८०० र चाँदी रु ४५ ले घटेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३१५ कायम भएको छ।
गत शुक्रबार छापावाल सुन प्रतितोला रु २ लाख ८५ हजार र चाँदी रु ४ हजार ३६० कायम भएको थियो। बिहीबार १ तोला सुन रु २ लाख ८४ हजार र चाँदी रु ४ हजार ३१० मा कारोबार भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
प्रकाशित :२०८३ श्रावण १७, आईतवार ११:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








