सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको ६ भने चाँदीको भाउ बढेको छ। हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु १ हजारले घटेको छ भने चाँदी रु १० ले बढेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ८३ हजार २ सय र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३२० कायम भएको छ।
हिजो छापावाल सुन प्रतितोला रु २ लाख ८४ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ३१० कायम भएको थियो।
Advertisement 2
गत सोमबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु ४ हजार ४४५ मा कारोबार भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार २९ र चाँदी ५७ अमेरिकी डलरमा किनबेच भइरहेको छ।
प्रकाशित :२०८३ श्रावण १३, बुधबार १५:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








