भ्रष्टाचारको आरोप प्रमाणसहित पुष्टि गरे आत्माहत्या गरेर जीवन त्यागिदिन्छुः वडाध्यक्ष श्रेष्ठ

रामेछाप नगरपालिका साँघुटार वार्ड ३ का वडाअध्यक्षले आफुले भ्रष्टाचार नगरेको भन्दै विज्ञप्ती निकालेका छन् । रामेछाप जिल्लाबाट प्रकाशित एक स्थानीय अनलाईन न्युज पोर्टलमा वडा अध्यक्ष भुपाल श्रेष्ठको नाम जोडिएर मिलेमतोमा विकास बजेट दुरुपयोग भएको समाचार प्रकाशित भए लगतै उनले एक विज्ञप्ती जारी गरि ध्यान आकर्षण भएको प्रतिक्रिया दिएका हुन्।

Advertisement 1

रामेछाप जिल्ला भरका स्थानीय तहका प्रतिनिधिहरु मध्येमा सरकारी विकास बजेटमा र्याल नचुहाउने जनप्रतिनिधिका रुपमा आफ्नो इमेज बनाउदै आएका श्रेष्ठलाई यस्तो आरोप लगाएर प्रकाशित समाचार प्रति जो कोहिको पनि ध्यान आर्कषण हुनु स्वाभाविकै हो । उनले अन्य सामुहिक स्वार्थका लागि नगर्दा पनि हुने काम गरेको हुन सक्छन तर, विकास बजेटमा उनी मुछिएका होलान जस्तो वडाबासीहरुलाई विश्वास लाग्ने विषय होइन ।

उनलाई कार्यकालको अन्तीम अवस्थामा आएर यस्तो आरोप लगाउनु अवश्यपनि राजनितिक प्रतिशोध भएको स्थानीय युवाहरुको तर्क रहेको छ । आफ्नो मेहनतमा विश्वास राख्ने श्रेष्ठ आर्थिक रुपमा सम्पन्न व्यक्ति हुन । उनी वडाका विकासका लागि ज्यानफालेर लाग्छन । कुनै लोभ र लालचमा फसेका छैनन । उनीसँग नगरपालिका कर्मचारीहरु र मेयर उपमेयर समेत डराउने गरेको कुरा त्यहाँ काम गरेर आइसकेका एक पूर्व कार्यकारी अधिकृतले बताएका छन ।
यसै विषयमा श्रेष्ठ भन्छन, ‘उपभोक्ता समिति मार्फत काम लगाइएको हो । उपभोक्ता समितिमा आफु नपरेको झोकमा आएर नेपाली कांग्रेसका केहि लोभि तत्वहरुले लगाएको आरोपमा केहि सत्यता छैन यदि प्रमाण सहित ओरोप पुष्टि भए आत्मा हत्या गरेर जिवन त्यागदिन्छु ।’

प्रकाशित :२०७८ जेष्ठ २६, बुधबार १४:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम