सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ। हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु ५ हजार ४०० र चाँदी रु ११० ले बढेको हो।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला छापावाल सुनको मूल्य रु २ लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ४८० निर्धारण भएको छ।
हिजो प्रतितोला छापावाल सुनको मूल्य रु २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ रु ४ हजार ३७० निर्धारण भएको थियो।
Advertisement 2
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित :२०८३ श्रावण ६, बुधबार ११:३२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








