तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

दाङ। तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ।
Advertisement 1
उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म २ किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म २ किलोमिटरसहित सडक कालोपत्र गरिएको हो।
यसैगरी, ९ हजार ९५८ मिटर पक्की नाला, ३ वटा वडा कार्यालय भवन, एउटा स्वास्थ्य चौकी भवनको तला थप, एउटा माध्यमिक विद्यालयको आठकोठे र अर्को एउटा प्राथमिक विद्यालयको २कोठे भवन निर्माण भएको छ।
Advertisement 2
गत आवमा नै व्यवस्थित हाटबजारस्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माण भएको छ।
प्रकाशित :२०८३ श्रावण ३, आईतवार १३:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








