‘मास्टर्नी’को प्रवद्र्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौं। नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन हुने नेपाली चलचित्र ‘मास्टर्नी’को प्रवद्र्धनात्मक गीतमा प्रयोग भएका शब्दमा असहमति जनाएको छ। महासङ्घले गीतमा प्रयोग भएका शब्दले शिक्षकका पेसाप्रति अपमानपूर्ण शब्दावली प्रयोग भएकाले सच्याउन आग्रह गरेको छ।
Advertisement 1
महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज प्रेस विज्ञप्ति जारी गर्दै महिला शिक्षकमाथि लाञ्छित, अपमानित शब्द र भाव प्रयोग गरिएको उक्त गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि गम्भीर प्रहार गरेको जनाइएको छ। उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासङ्घले आग्रह गरेको छ।
प्रकाशित :२०८३ श्रावण १, शुक्रबार १५:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








