नेपालीको निधनको घटना विडम्बनापूर्ण :एमाले

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जलनबाट घाइते भई निधन भएका मुगुका युवा गणेश नेपालीको घटना विडम्बनापूर्ण भएको टिप्पणी गरेको छ।
Advertisement 1
एमालेका महासचिव शङ्कर पोखरेलले आज जारी गरेको विज्ञप्तिमा आधारभूत वर्गका जनतालाई संरक्षण दिनुपर्ने राज्य आफैँ निमुखा नागरिकको गाँस र बास खोस्न उद्यत हुनु अत्यन्तै विडम्बनापूर्ण र निन्दनीय विषय भएको जनाइएको छ।
वक्तव्यमा मृतक नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको गर्दै दुःखद् घटनाको निष्पक्ष छानबिन गरी दोषीहरूलाई कडा कानुनी कारबाही गर्न र पीडितपरिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरिएको छ।
प्रकाशित :२०८३ असार २६, शुक्रबार १६:४०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








