अर्थमन्त्रालयको तीन महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर, बजेट महाशाखा प्रमुखको जिम्मेवारी शाक्यलाई

काठमाडौं । अर्थ मन्त्रालयको शक्तिशाली मानिने तीन महाशाखामा जिम्मेवारी हेरफेर भएको छ । बजेट निर्माण प्रक्रिया सुरू हुँदै गर्दा अर्थमन्त्री वर्षमान पुनले मन्त्रीस्तरीय निर्णय गर्दै राजस्व व्यवस्थापन महाशाखा प्रखुको जिम्मेवारीमा रहेका सहसचिव रितेश शाक्यलाई बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । यस्तै बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका उत्तरकुमार खत्रीलाई अनुगमन, योजना तथा मूल्यांकन महाशाखा प्रमखुको जिम्मेवारी दिइएको छ ।

Advertisement 1

मन्त्रालयमा अअनुगमन, योजना तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका धनिराम शर्मालाई राजस्व व्यवस्थापन महाशाखा पठाइएको छ । बजेट लेखनमा यी तीन महाशाखाको भूमिका प्रमुख मानिन्छ । अन्य महाशाखाका प्रमुख हाललाई यथावत् राखिएको छ ।

यस्तै आन्तरिक राजश्व विभागको महानिर्देशकको जिम्मेवारी शिवलाल तिवारीलाई दिइएको छ अर्थमन्त्री वर्षमान पुनले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मंगलबार अर्थ मन्त्रालयमा सरुवा भई आएका तिवारीलाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

Advertisement 2

बुधबार मात्रै मन्त्रालयमा भित्रिएका सहसचिव ढुण्डीप्रसाद निरौलालाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ । निरौलालाई भन्सार पठाएसँगै त्यहाँका महानिर्देशक शोभाकान्त पौडेललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा गरिएको छ । त्यहाँका तालिम प्रमुख रामप्रसाद आचार्यलाई मन्त्रालयमा सरुवा गरेर ल्याइएको छ ।

प्रकाशित :२०८० चैत्र १४, बुधबार १९:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry