श्रीमान मन्त्री बनेको २ दिन पछि श्रीमती पदमुक्त !
दुई तिहाई बहुमत प्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओली कुर्सी बचाउने ध्याउन्नमा छन् । उनी अहिले यस्तो हैसियतमा पुगेका छन् कि कुनै समय स्थानीय तहको निर्वाचनमा एमालेले नै हराएका उम्मेद्धारलाई मन्त्री बनाइदिएका छन् ।
यस्तै कुनै एउटा आयोगद्धारा गठित समितिले कारवाहीका लागि सिफारिस गरेका व्यक्तिलाई टपक्क टिपेर मन्त्री बनाइदिएका छन् ।
Advertisement 1
शुक्रवार पूर्व राजपाका १० जनालाई मन्त्री बनाए । सत्ता जोगाउनका लागि प्रधानमन्त्री ओलीले मधेसी दललाई सारथी बनाएका छन् र उनको क्याविनेटमा अहिले ११ जना मन्त्री २ नम्बर प्रदेशबाटै छ । उनका क्याविनेटमा ताल तालका मन्त्री समावेश भए । जहाँ ९९ मत ल्याएर उपमेयरमा पराजीत रेणुका गुरुङ अहिले राज्यमन्त्रीको भूमिका छिन् । उनलाई गत स्थानीय तहको निर्वाचनमा एमालेकै उम्मेद्धार ज्ञानुमाया डंगालले भने ८ हजार ९८ मतले पराजीत गरेकी थिईन् ।
अनि अर्को मन्त्री छन् अनिल झा,जो खानेपानी मन्त्री बनेका छन् । तर ०७६ सालमा सार्वजनिक भएको बिराटनगर जुट मिल्स जाँचबुझ आयोगको प्रतिवेदनले उनलाई कारवाहीको लागि सिफारिस गरेको थियो । सो प्रतिवेदनमा अनिल झाले कम्पनीको सञ्चालक समितिको निर्णयबिनै क्षेत्राधिकार नाघेर मन्त्रीस्तरीय निर्णयबाट मिल्सको जग्गा व्यक्तिलाई उपलब्ध गराएकोमा दोषी देखिएका थियो । तत्कालीन पुनरावेदन अदालत विराटगरका न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा सरकारले ११ चैत ०७५ मा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । सो प्रतिवेदनले अनिल झालाई कारवाहीको लागि सिफारिस गरेको छ ।
Advertisement 2
रमाइलो चाहिँ केन्द्रमा पती मन्त्री बन्दा प्रदेशमा अनिल पत्नी डिम्पलको मन्त्री पद खुस्किएको छ ।
आइतबारमात्र प्रदेश २ का राजेन्द्र महतो र महन्थ ठाकुर पक्षधर एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गर्दा अनिल पत्नी डिम्पल पनि बर्खास्तीमा परेकी हुन् । बर्खास्तीमा पर्नेमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झा, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा र उद्योग वन पर्यटन राज्य मन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको छ ।
उसो त पती पत्नी नै राजनीतिमा लागेर रोटेसनमा मन्त्री बन्नेमा एमालेका रघुविर महासेठ र जुली महतो पनि छन् । अघिल्लो पटक भौतिक पूर्वाधार मन्त्री सम्हाल्दा अयोग्यको बिल्ला लागेर हटाइएका महासेठ प्रतिनिधि सभा बिघटन पछि माधव नेपाल पक्षतिर खुलेका थिए ।
तर वालुवाटारतिर लाग्ने वित्तिकै पत्नी जुली महिला बालबालिका मन्त्री बन्न पुगिन् । पत्नी मन्त्रीबाट हटे लगतै उनको पती रघुविर अहिले उपप्रधानसहित परराष्ट्रको जिम्मेवारीमा छन् ।