‘कला क्रान्ति अवार्ड’ बाट १० कलाकार तथा एक सञ्चारकर्मी सम्मानित

खोटाङ। नगेन आर्ट एकेडेमीले खोटाङको दिक्तेलमा मझुवागढी मूर्ति कार्यशालाको सन्दर्भ पारेर १० कलाकार तथा एक सञ्चारकर्मीलाई सम्मान गरेको छ।
एकेडेमीले कलाकारिताका क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै ललितकला डायमन्ड वर्ष व्यक्तिका रुपमा गुल्मीका कलाकार भुवन थापामगरलाई सम्मान गरेको छ।
‘ललितकला डायमन्ड’ वर्ष पुरुषका रुपमा नवलपरासीका नरबहादुर विक र नारीका रुपमा चितवनकी इन्दिरा श्रेष्ठ (कमला) लाई जनही रु ५०÷५० हजार नगदसहित सम्मान गरिएको छ।
ललितकला डायमन्ड वर्ष समीक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) बागमती प्रदेश प्रमुख वासुदेव पौडेल, कला क्रान्ति वर्ष मूर्तिकारका रुपमा झापाका केडी देवान, काभ्रेकी सुष्मा श्रेष्ठ, सुनसरीका कृष्ण चौलागाई, सिन्धुलीका चित्रबहादुर थापामगर, उदयपुरका धीरज राई र सर्लाहीका गोपी श्रेष्ठलाई सम्मान गरिएको जनाइएको छ।
यस्तै, एमएफ हुसैन इन्टरनेशनल अवार्डबाट भारतको कलकताका सर्फुदिन अहमदलाई सम्मान गरिएको  छ।
सम्मानित हुनुहुने कलाकार तथा पत्रकारलाई दिक्तेल रुपाकोट मजुुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई, विश्व उत्कृष्ट गन्तव्य नेपाल अभियानका निर्देशक नकुल सिंह, विश्व कलायात्री प्राज्ञ नगेनसिंह ठकुरीलगायतले आज सम्मान गरेका हन्।
दिक्तेल बजारस्थित शुभम् फाउण्डेशनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगरप्रमुख भट्टराईले कला क्षेत्रको संरक्षण आवश्यक रहेको बताए।
विश्वकला यात्री एवं प्राज्ञ ठकुरीले कला क्षेत्रमा योगदान गर्ने व्यक्तिलाई प्रोत्साहन गर्ने उद्देश्यले २०६४ सालबाट यो कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए।
सम्मानित पत्रकार बागमती प्रदेश प्रमुख पौडेल, कार्यक्रमका सभापति नकुल सिंहलगायतले कलाकारलाई राज्यले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता दिनुपर्ने बताए।
प्रतियोगिताका निर्णायकमा प्रोफेसर डा सुमेरा जवाद (पाकिस्तान), दादुल चालिहा (भारत), प्रोफेसर डा ओरहान सेब्राइलोग्लु (टर्की), रे मस्र्डेन (अष्ट्रेलिया), एनबी गुरुङ (काठमाडौँ) र प्राज्ञ ठकुरी (पोखरा) रहेका थिए।
प्रकाशित :२०८३ असार २२, सोमबार १४:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry