कोरोना संक्रमणका कारण मुटु रोग विशेषज्ञ डा. सुवेदीको निधन

कोभिड संक्रमणबाट मुटु रोग विशेषज्ञ डा.विकास सुवेदीको निधन भएको छ । २५ दिनअघि कोभिड संक्रमण भएपछि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ४२ वर्षीय सुवेदीको आइतबार राति ११ः५७ मा निधन भएको हो ।

Advertisement 1

डा. सुवेदी कोटेश्वरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालका सञ्चालक तथा निर्देशक थिए । अस्पतालका व्यवस्थापक डा. अमृत भुषालका अनुसार डा.सुवेदीमा २५ दिनअघि कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टिपछि गौतम वुद्ध अन्तर्राष्ट्रिय कार्डियाक अस्पतालमै उपचार भइरहे पनि अवस्था जटिल बनेपछि थप उपचारका लागि १४ दिनअघि ह्याम्स अस्पताल लगिएको थियो । ह्याम्समा चार दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

Advertisement 2

बंगलादेशमा पढेका डा. सुवेदी ललितपुर इमाडोलका हुन् ।

प्रकाशित :२०७८ जेष्ठ २४, सोमबार १३:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry