आज पनि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं। स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ। बिहीबारको तुलनामा सुन तोलामा रु ७ हजार २०० र चाँदी रु १६५ ले बढेको हो।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन प्रतितोला रु २ लाख ९० हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ६१५ कायम भएको छ।

हिजो बिहीबार छापावाल सुुन प्रतितोला रु २ लाख ८३ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु ४ हजार ४५० कायम भएको थियो।

Advertisement 2

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज १ औँस सुन ४ हजार १७९ र चाँदी ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित :२०८३ असार १९, शुक्रबार ११:२२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry