नेपाल बैंकको अध्यक्षमा नियुक्त अर्यालले लिए शपथ

नेपाल बैंक लिमिटेडको अध्यक्षमा नियुक्त भएका सुमनराज अर्यालले पद तथा गोपनियताको शपथ लिएका छन् ।

Advertisement 1

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष उनले पद तथा गोपनियता शपथ लिएका हुन् । अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालक पदमा नियुक्त भएका अर्याललाई कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा चयन गरेको हो ।

शपथ ग्रहण कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै उनको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरे। साथै, नेपाल सरकारले देशमा उद्यमशिलताको विकास र रोजगारी सिर्जनाका लागि तर्जुमा गरेका नीति तथा कार्यक्रमको कार्यान्वयनमा समेत नेपाल बैंकको विशेष योगदान रहने विश्वास व्यक्त गरे।

Advertisement 2

कार्यक्रममा आफ्ना भनाई राख्दै नव नियुक्त अध्यक्ष अर्यालले नेपालको पहिलो बैंकको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा प्रसन्नता व्यक्त गरे। उनले आफ्नो कार्यकालमा बैंकको श्रीवृद्धि तथा व्यवसायिक विकासमा आफूले सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

प्रकाशित :२०७८ भाद्र ११, शुक्रबार १५:१६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry