विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा घिमिरे नियुक्त

सरकारले विद्युत उत्पादन कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा इन्जिनियर अनन्तराज घिमिरे नियुक्त गरेको छ । प्रतिष्पर्धामा रहेका १३ जनालाई पछि पार्दै घिमिरेले प्रबन्ध निर्देशकमा बाजी मारेका हुन् ।
Advertisement 1
मध्यपश्चिमाञ्जल विश्वबिद्यालयका सह प्राध्यापक तथा पूर्व डिनसमेत भइसकेका उनलाई ४ वर्ष कार्यकालका लागि नियुक्ति दिइएको हो । घिमिरेले यस अघि नेपाल टेलिकम, हिमालयन कलेज अफ इन्जिनियरिङ, थापाथली क्याम्पस, युनिभर्सल कलेजलगायतमा काम गरिसकेका छन् । घिमिरे प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल पिनका सचिवालय सदस्यसमेत हुन् ।
प्रकाशित :२०७७ फाल्गुन ५, बुधबार १२:०६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%